देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गुरुङ समुदायको तमु ल्होसार आज

देशान्तर

काठमाडौं । आज गुरुङ समुदायको महान पर्व ल्होसार। आज देश बिदेशमा रहेका गुरुङ समुदायहरुले विभिन्‍न कार्यक्रम गरि हर्सोल्लासका साथ मनाउदै छन्। हरेक बर्ष पुस १५ को दिन ल्हो अर्थात बर्ग फेरिने भएकोले यो दिनलाई ल्होछार पर्वको रुपमा मानिएको हो। आजको दिन आफ्ना मान्यजन तथा आफन्तहरु बाट शुभकामना तथा आशिर्बाद आदान प्रदान गर्ने चलन छ।

प्रत्येक १२ बर्षमा युग परिबर्तन हुने र यी १२ बर्षलाई मुसा, गोरु, बाघ, खरायो, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, कुकुर र बँदेका प्रतीकका रुपमा लिइन्छ। प्रत्येक बर्ष पुष १५ अर्थात आजैको दिन बर्ष र बर्ग फेरिने गर्छ। यसपाली गरुड बर्ग छोडेर नाग अथवा सर्प बर्ष लाग्दै छ। ल्होसारको अवसरमा काठमाडौँको टुडिखेलमा विभिन्न कार्यक्रमको आयोजना गरि ल्होसार पर्व मनाइंदै छ।

ल्होसारको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथ दोहोरि प्रतियोगिता, छेलो प्रतियोगिता लगाएत तमु संस्कृति अनुसारको विभिन्न सांस्कृतिक कार्यक्रम हरु गरिएको छ।  त्यस्तै नेपाली खाना तथा परिकार हरुको विभिन्न स्टल हरु पनि राखिएको छ। आज देशभर रहेका गुरुङ समुदायहरु आफ्नो नजिक सबै जना एकै ठाउँमा जम्मा भएर ल्होसार मनाउने गरिन्छ। सरकारले तमु ल्होसारको दिन सार्वजानिक बिदा समेत दिने गरेको छ।यसैबीच ल्होसारको उपलक्ष्यमा राष्ट्रपति, प्रधानमन्त्री तथा बिभिन्न पार्टीका नेताहरुले शुभकामना व्यक्त गरेका छन् । 

]]>