देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मोर्चाका नेतालाई वीरगन्जबासीको प्रश्न–पहिले संविधान बुझाऊ

देशान्तर

काठमाडौं । नयाँ संविधानमा मधेसी जनताको अधिकार खोसिएको भन्दै चार महिनादेखि आन्दोलनरत मधेसी मोर्चाका अगुवालाई वीरगन्जबासीले संविधानका क्रटिको सूची लिएर जनतामाझ आउन आग्रह गरेका छन् । सरकारले संविधान बुझाउन अभियान नै चलाएका बेला आन्दोलनका अगुवाले पनि त्यसका कमी कमजोरीबारे जनतालाई जानकारी गराउनु पर्ने उनीहरुको माग छ ।

‘सरकारले संविधान पढाउने, बुझाउने कार्यक्रम ल्याएको छ, पोखरीयाका सुरेशकुमार चौरसियाले भने, ‘यस्तो बेला त्यही संविधानको विरोध गर्दै आन्दोलन गर्नेले कुन कुन बुँदामा त्रुटि छ, कहाँ कहाँ हाम्रा अधिकार खोसिएका छन् भन्नेबारे पनि दफावार जानकारी दिनपर्‍यो ।’

संविधानका व्यवस्थाबारे थाहै नपाएकाले जनता रुमल्लिएको उनले बताए । ‘सवै कुरा बुझेपछि जनताले अफैँ सवाल तेस्र्याइहाल्छन्, घेरिहाल्छन् नि, उनले भने।’  नागरिक दैनिकमा समाचार छ । 
 

]]>