देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माग सम्बोधन हुनेबित्तिकै आन्दोलन रोकिन्छः अध्यक्ष ठाकुर

देशान्तर

काठमाडौँ। तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले तराई–मधेसको माग सम्बोधन हुनेबित्तिकै आन्दोलन रोकिने बताएका छन् । 

पार्टीको आठौँ स्थापना दिवसका अवसरमा आज पार्टी कार्यालयमा झण्डोत्तलन गर्दै उनले आफूहरुले राखेका मागको प्रत्येक बुँदामा छलफल गरी सहमति निकाल्न सके आन्दोलन रोकिने बताउँदै भने, “तराई–मधेसले राखेको बुँदागत मागको प्रत्येक बुँदामा छलफल गरौँ, जुन बुँदामा सहमति हुन्छ, त्यहीँबाट समाधान खोजौँ ।” 

औपचारिक रुपमा सरकारले तीनबँुदे प्रस्ताव मन्त्रिपरिष्दबाट पारित गरेपछि कुनै संवाद नभएको भन्दै उनले नेपाली काँग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी) सँग वार्ता जारी भए पनि निष्कर्ष निकाल्न नसकिएको बताए । 

]]>