देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दैनिक १४ वटा ट्रान्सर्फमर बिग्रन्छन्

देशान्तर

काठमाडौं । काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा दैनिक रुपमा १४ वटा विद्युत ट्रान्सर्फमर बिग्रने गरेको पाइएको छ । भारतको नाकाबन्दीले इन्धन आपूर्तिमा समस्या भएपछि खाना पकाउन विद्युतीय उपकरणको प्रयोग बढ्दा लोड धान्न नसकी ट्रान्सर्फमर बिग्रिएका हुन ।

ट्रान्सर्फमर बिग्रँदा उपभोक्ताले लोडसेडिङ नभएका बेला पनि विद्युत नपाउने समस्या बढेको छ ।तर, नेपाल विद्युत प्राधिकरणको लैनचौर मर्मत केन्द्रले दुईवटा ट्रान्सर्फमर मात्रै मर्मत गर्ने गरेको छ । स्रोत र साधन सीमित हुँदा ट्रान्सर्फमर मर्मतमा समस्या भएको केन्द्र प्रमुख राजेन्द्रकुमार चौधरीले बताए ।

‘चालू आर्थिक वर्षको पुससम्म चार सय १४ ट्रान्सर्फमर जलिसकेका छन्, यो संख्या अघिल्लो पुरै वर्षको बराबर हो,हामीले आफैं टेन्डर गरेर निजी क्षेत्रलाई जिम्मा दिएर सकेसम्म अधिकतम मर्मतसम्भारको प्रयास गरिरहेका छौं, चौधरीले भने।’नयाँ पत्रिका दैनिकमा समाचार छ ।

]]>