देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मलेसिया जाने नेपाली कामदारको संख्या मासिक १५ हजार कम

देशान्तर

काठमाडौं । मलेसियाको आर्थिक संकटको प्रत्यक्ष प्रभाव नेपालको वैदेशिक रोजगारीमा देखिन थालेको छ। मासिक औसतमा २० हजार नेपाली कामदार मलेसिया जाने गरेकोमा अहिले घटेर पाँच हजारमा सीमित भएको छ।गत वर्ष साउनदेखि मंसिरसम्म एक लाख ६ हजार २६ जना नेपाली काम गर्न मलेसिया गएका छन् । यस वर्ष सोही अवधिमा जम्मा ३१ हजार दुई सयजनामात्र गएका छन् ।

यो संख्या गत वर्षभन्दा ६९ हजार चार सय २५ जनाले कम हो । गत मंसिरको मात्रै तथ्यांक हेर्ने हो भने पनि मलेसिया जानेको संख्या १६ हजारभन्दा बढीले घटेको छ। मलेसियाको आन्तरिक राजनीति अस्थिर बनेको तथा चीनको अर्थतन्त्र बिग्रिंदा सबैभन्दा ठूलो व्यापारिक साझेदार मलेसियाको अर्थतन्त्रमा पनि नकारात्मक असर परेको छ ।

चीनको आयातनिर्यात व्यापार र सेयर बजारमा संकुचन आउँदा समग्र अर्थतन्त्र शिथिल भएको छ। वैदेशिक रोजगार विभागका अनुसार मंसिरमा जम्मा पाँच हजार पाँच सय ६६ जनामात्र काम गर्न मलेसिया गएका छन्। गत वर्ष सोही महिनामा २२ हजार ७४ जना गएका थिए । मलेसियाको रोजगारी गुम्दै जानु सरकारका लागि टाउको दुखाइको विषय बनेको छ। अन्नपुर्णपोष्टमा समाचार छ । 

]]>