देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सहुलियत नदिएको भन्दै त्रिचन्द्रका विद्यार्थीको प्रदर्शन

देशान्तर

काठमाडौँ । सार्वजनिक यातायातमा विद्यार्थी सहुलियत नदिएको भन्दै त्रिचन्द्र क्याम्पसका विद्यार्थीले कालोबजारिया नियन्त्रणको माग गर्दै बिहानैदेखि जुलुस प्रदर्शन गरेका छन् ।  सार्वजनिक यातायातमा विद्यार्थी सहुलियत माग्दा सहयोगीले रडले प्रहार गर्न खोजेपछि प्रदर्शनमा उत्रन बाध्य हुनु परेकोे नेपाल विद्यार्थी सङ्घ त्रिचन्द्र बहुमुखी क्याम्पसका इकाई अध्यक्ष विष्णु पौडेलले जानकारी दिए । सहुलियत नदिने सवारीको सिसा आक्रोशित विद्यार्थीले फुटाइदिएको महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी सहायक निरीक्षक रामसिंह विष्टले जानकारी दिए ।  बौद्ध जोरपाटी रुटमा चल्ने बा१ज ८२८४ नम्बरको माइक्रोबस नियन्त्रणमा लिई कारबाहीको प्रक्रिया अगाडि बढाएको उनले बताए । ‘सहुलियत नदिने सवारीलाई कारबाही नगरेसम्म आन्दोलन जारी रहनेछ, राज्यले दिएको सहुलियत कायम नभएसम्म विद्यार्थी चुप लाग्दैनन्, कालोबजारियाका नाममा पम्पबाट डिजेल हाली यात्रु ठग्ने काम भएको छ, यसको अन्त्य नभएसम्म विद्यार्थी आन्दोलन चलिरहन्छ’ –उनले भने । 

]]>