देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बत्ती आउँदा मात्रै खुल्न थाले बैँक

देशान्तर

काठमाडौं । पैसा राख्न वा निकाल्न बैँक जाँदै हुनुहुन्छ भने पहिला लोडसेडिङको तालिका हेर्नु होला। अन्यथा तपाईले पैसा राख्न वा झिक्न नपाउन सक्नुहुन्छ। इन्धन अभावका कारण बैँक तथा वित्तीय संस्थाहरुले बत्ती आउने समयमा मात्रै यस्तो कारोबार गर्न थालेका छन्।

इन्धान अभावका कारण सबै बैँक तथा बित्तीय संस्थाले सन्ध्याकालीन सेवा बन्द गरिसकेका छन्। सेवा खुल्ने भनिएको समयमा पनि बत्ती आएको बेलामा मात्रै सेवा सञ्चालन हुन थालेको छ। आफूहरुको सेवा सञ्चालन गर्नका लागि आवश्यक न्यूनतम इन्धन पनि नपाएका कारण सन्ध्याकालीन सेवा बन्द गर्नु परेको बैँकर्सको भनाई छ।  

सरकारले अत्यावश्यक सेवा भन्दै विभिन्न सेवाका लागि इन्धनको व्यवस्था गरेपनि बैँकिङ सेवाका लागि अहिलेसम्म त्यस्तो व्यवस्था गरेको छैन।  राजधानी दैनिकमा समाचार छ। 

]]>