देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निलम्बित महानिरीक्षक वन्त १० करोड धरौटीमा छुटे

देशान्तर

काठमाडौं । निलम्बित सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त रु १० करोड बराबरको बैंक जमानत दाखिला गरी तारिखमा छुटेका छन् ।

वन्तमाथि आव ०६९/०७० र ०७०/७१ मा विभिन्न सामान खरिद गरी त्यस मातहतका एकाइमा ढुवानी गरेको भनिएका कार्यमा आर्थिक अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ ।

हालसम्म सङ्कलित सबुद प्रमाण एवम् सम्बन्धित व्यक्तिको बयान व्यहोरासमेतको प्रारम्भिक अनुसन्धानबाट निलम्बित वन्तले मिलेमतोमा नक्कली बिल बनाई करिब रु सात करोड  भुक्तानी गरी गराई आर्थिक अनियमितता गरेको आरोप आयोगले लगाएको छ ।

भ्रष्टाचारजन्य कसुर गरेको देखिन आएकाले निजलाई आयोगले धरौटी जमानतबापत रु १० करोड माग गरेकामा उक्त रकम बराबरको बैंक जमानत दाखिला गर्न ल्याएकाले निजलाई सोमबार धरौटी जमानतमा तारिखमा राखी थप अनुसन्धान भइरहेको आयोगको विज्ञप्तिमा जनाइएको छ ।

]]>