देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मोर्चाको सर्त प्रधानमन्त्रीको राजीनामा

देशान्तर

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेस र मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच अबको माग प्रधानमन्त्री केपी ओलीको राजीनामालाई बनाउने विषयमा छलफल अगाडि बढेको छ । कांग्रेस सभापति सुशील कोइरालासँगको वार्तामा मोर्चाका नेताले यस्तो माग ल्याएको स्रोतले बतायो ।

मधेसका नेता एवं तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले कोइरालासँग शनिबार भएको भेटमा यस्तो प्रस्ताव ल्याएको स्रोतले बतायो । ठाकुरलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘मधेस आन्दोलनको मुख्य माग सीमांकन रहेकोमा विवाद छैन तर मोर्चाको ११ बुँदे मागको निकासका लागि मधेस र मधेसीविरोधी प्रधानमन्त्री ओलीको राजीनामालाई प्रमुख प्रतिपक्षीले अगाडि बढाउनुपर्‌‌‍यो ।’

वर्तमान सरकार जति बढी टिक्छ त्यतिन्जेल मधेसी मुद्दाले निकास पाउन नसक्ने भन्दै ठाकुरले ओलीको निरन्तरताले मुलुक अकल्पनीय स्थितिमा पुग्नसक्ने धारणा कोइरालासँग राखेका थिए ।  अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

]]>