देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चुरे भावर क्षेत्र समेटेर सङ्घीय प्रदेश बनाउन माग

देशान्तर

काठमाडौं । चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले चुरे भावर क्षेत्र समेटेर सङ्घीय प्रदेश बनाउनुपर्ने माग गरेको छ ।

पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले हस्ताक्षर गरी आज जारी गरेको विज्ञप्तिमा थारु, मधेसी तथा पूर्वका जिल्लामा सुरु भएको लिम्बूवानको आन्दोलनका जायज राजनीतिक मागलाई छिटो वार्ता मार्फत पूरा गर्न सरकारलाई आग्रह गर्दै नयाँ संविधानमा भएको नागरिकताको विषय नेपाल जस्तो सानो, भौगोलिक तथा सामरिक हिसाबले ज्यादै संवेदनशील मुलुकमा उपयुक्त रहेकाले त्यसलाई परिवर्तन नगर्न सुझाव दिइएको छ ।

पार्टीले अङ्गीकृत नागरिकलाई मुलुकको उच्च पद र ओहदामा जान पाउनुपर्ने भनेर गरिएको माग पूरा गर्दा नेपाल र नेपालीलाई दूरगामी असर पर्ने हुँदा जथाभाबी निर्णय नगर्न सरकार तथा प्रमुख राजनीतिक दललाई सचेत गराएको छ ।

 

]]>