देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रपतिले अशुद्ध गरेको भन्दै जानकी मन्दिर चोख्याए

देशान्तर

काठमाडौं । तराई मधेसमा आन्दोलनत मधेसी मोर्चाका कार्यकर्ताले राष्ट्रपति विद्या भण्डारीले पूजाअर्चना गर्दा अशुद्ध भएको भन्दै जानकी मन्दिर चोख्याउने नाममा शुक्रबार गंगाजल छर्केका छन्।

विधवाले मन्दिरभित्र गएर पूजा अर्चना गर्न नपाइने धार्मिक मान्यता रहेको भन्दै उनीहरुले राष्ट्रप्रमुख र आम महिलाको समेत अपमान हुने गरी अन्धचेतना प्रर्दशन गरेका हुन्।

‘विधवाले मन्दिरभित्र गएर पूजा गर्नुको साथै सुरक्षाकर्मीले जुत्ताचप्पल लगाएर प्रवेश गर्दा मन्दिर असुद्ध भयो’ आन्दोलन परिचालन समिति एवम सदभावना पार्टीका जिल्ला अध्यक्ष संजय सिंहले भने ‘आन्दोलनकारी तथा स्थानीय क्लवका सदस्यले सफाइ गरी मन्दिरमा गंगाजल छर्केर सुद्धिकरण गरेका हुन्।’ नागरिक दैनिकमा समाचार छ।

]]>