देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कच्चा पदार्थ अभावमा औषधि उद्योगहरू बन्द हुँदै

देशान्तर

काठमाडौं । मधेसी दलको आन्दोलन र नाकाबन्दीका कारण सीमापारि सुनौली नाकाबाट निर्वाध रुपमा कच्चा पदार्थ नेपाल भित्रन नपाउँदा यस क्षेत्रका औषधि उत्पादन उद्योग बन्द हुन थालेको छ ।

अन्य नाकाको तुलनामा सुनौली बेलहिया नाका सहज मानिए पनि विगत तीन महिनामा यस क्षेत्रका औषधि उद्योगको दुई ट्रक मात्रै कठिनका साथ नेपाल छिरेको सिद्धार्थ फर्मास्युटिकल्स प्रालिका संस्थापक डा. रामप्रसाद बस्यालले जानकारी दिए । रुपन्देहीमा एलोपेथिक औषधिको ६ वटा र आयुवेर्दिक औषधिको ६ वटा गरी १२ वटा उद्योग छन् ।

पहिला दुई सिफ्टमा चल्ने उद्योग अहिले कच्चा पदार्थको अ भावले एक सिफ्ट पनि चल्न नपाउँदा बान्द हुन पुगेको उद्योग सञ्चालकले बताए। भैरहवामा औषधि उद्योगहरुले रुघाखोकी, ज्वरो, टाइफाइड, विभिन्न भिटामिन तथा टनिकहरु, दुखाइ कम गर्ने औषधि उत्पादन गर्ने गरेका छन् । अन्नपुर्ण पोष्टमा समाचार छ । 

]]>