देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकारको कार्यशैलीलाई लिएर एमाओवादीभित्र असन्तुष्टि

देशान्तर

काठमाडौं । सरकारको कार्यशैलीलाई लिएर सत्तारूढ पार्टी एमाओवादीभित्र असन्तुष्टि बढेको छ । स्थायी समिति र पार्टीका मन्त्रीहरूबीच शनिबार बिहान बसेको बैठकमा नेताहरुले आफ्ना मन्त्रीहरुको अनुशासन र कार्यशैली पार्टीको आचारसंहिता अनुरुप नभएको भन्दै फिर्ता बोलाउनुपर्ने मागसमेत गरे ।

अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बसेको स्थायी समिति बैठकमा एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो संयोजकत्वमा गठित सरकार संयोजन तथा परिचालन संयन्त्रले निर्माण गरेको आचारसंहिताविपरीत मन्त्रीहरु गएको भन्दै यो क्रम जारी रहे आफूले संयन्त्रको जिम्मेवारी त्याग्ने चेतावनी समेत दिए ।

स्थायी समिति स्रोतका अनुसार पार्टी अनुशासन र आचारसंहिता तोडै मन्त्रीहरु अघि बढेको भन्दै समितिमा आलोचना भएको थियो । कान्तिपुर दैनिकमा समाचार छ ।

]]>