देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज बाला चतुर्दशी, शिवालयहरुमा दर्शनार्थीको भिड

देशान्तर

काठमाडौं । आज मार्ग कृष्ण पक्षको चतुर्दशी । आज बिहानै मृतका आफन्तले पशुपतिमा रहेको मृगस्थली क्षेत्रमा धानका शतबीज छरेका छन् । शतबीज छर्न पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।

यसअघि मार्ग कृष्ण पक्षको त्रयोदशीका दिन राति शिवालयमा परिवारका मृतक सदस्यको सद्गतिको सङ्कल्पसहित दीपदान गरेका थिए। यसरी दीपदान गर्नाले मृतकले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास रहिआएको छ। पशुपतिमा भक्तजनका लागि व्यवस्थित रुपमा बत्ती बाल्न र शतबीज छर्न व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डनले जानकारी दिए ।

चतुर्दशीका दिन बिहानै मृगस्थली क्षेत्रमा धानका सतबीज छरेमा जन्मने र मर्ने प्रपञ्चबाट मुक्त भइने कुरा हेमाद्रिले लेखेको चतुर्वर्ग चिन्तामणिमा व्याख्या गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । शतबीज सय थरी बीउ मिसाएर छर्ने भन्ने परम्परा पनि शास्त्रीय रुपमा नमिल्ने उनले बताए । धानकै सय बीउ छर्ने शास्त्रीय मान्यता भएको समितिको भनाइ छ ।

]]>