देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तराईका एफएमले आन्दोलन उचालेः नेता नेपाल

देशान्तर

चितवन। नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तराईमा रहेका एफएम रेडियोले सद्भाव खल्बलिने गरी समाचार सम्प्रेषण गरेकै कारण तराई आन्दोलन अनावश्यक उचालिएको बताएका छन् । 

नेकपा (एमाले) केन्द्रीय प्रचार विभागले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले तराईमा सञ्चालित एफएम रेडियोहरुले आन्दोलनलाई उत्तेजित पार्नेगरी समाचार सम्प्रेषण गर्ने, गीत बजाउने र शान्ति सद्भाव भड्कने गरी गतिविधि सञ्चालन गरेको आरोप लगाए । 

नेपालले समाचार, सूचना, घटना विश्लेषण यथार्थपरक नदिएर र तराईका एफएमले भड्काउने काम गरेको यसले सद्धभाव विथोल्न सक्नेतर्फ सचेत गराए । 

]]>