देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज सार्कको स्थापना दिवस

देशान्तर

काठमाडौं । दक्षिण एसियाली मुलुकहरूबीच क्षेत्रीय सहयोग प्रवद्र्धन गर्दै यस भेगका जनताको कल्याणका निम्ति सामूहिकरूपमा काम गर्ने उद्देश्यका साथ स्थापना भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क आजदेखि ३० औँ वर्षमा प्रवेश गरेको छ ।

स्थापनाकालमा दक्षिण एसियाका सात मुलुक संस्थापक सदस्य रहेका सार्क क्षेत्रीय मञ्चमा पछिल्लोपटक अफगानिस्तान थपिएपछि यो सङ्गठन आठ राष्ट्रमा विस्तार भएको छ ।

सदस्य राष्ट्रका निर्धन जनताको जीवनस्तर उकास्ने प्रमुख लक्ष्य रहेको सार्कले अन्तर–सरकारी निकाय, सदस्य देशका सरकार–सरकार र जनता–जनताबीचको सम्पर्कलाई निरन्तरता दिँदै सहकार्य एवम् आपसी सद्भाव प्रवद्र्धनमा आफूलाई केन्द्रित गर्दैआएको छ । 

]]>