देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दिल्ली दौडाहामा मधेसमै कतै समर्थन र कतै विरोध

देशान्तर

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता आन्तरिक समस्यालाई लिएर नयाँदिल्ली गएको विषयमा मधेसमै कतै समर्थन र कतै विरोध भएको छ।

लामो समयदेखि आन्दोलन गर्दै आएका मधेस केन्द्रित दलका नेता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार नयाँदिल्ली गएका हुन्। जनकपुरका प्राध्यापक एवं मानवअधिकारकर्मी विजय दत्त मोर्चाका नेताहरूको दिल्ली दौडाहा त्यति सकारात्मक नभएको टिप्पणी गर्छन्। आफ्नो देशभित्रै सल्टिनसक्ने समस्यामा छिमेकीलाई गुहार्नु उचित नहुने उनको भनाइ छ।

‘आन्दोलनकारी र सरकार दुवै पक्षले छिमेकीलाई सल्लाहका लागि गुहारेको भए उचित हुन्थ्यो तर एक पक्षको मात्र पक्ष लिएर बाहिरी शक्तिले बोल्नु देशको हितका लागि उचित हुँदैन,’ दत्तले भने। सिरहाका शिक्षक प्रदीप साह आन्तरिक समस्या देशभित्रैबाट समाधान गरिनुपर्नेमा जोड दिँदै छिमेकी राष्ट्रमा गएर समाधान खोज्नु उपयुक्त नहुने टिप्पणी गर्छन्। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

]]>