देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विस्फोटको त्रासले रक्सौलका ग्यास बुलेट जंगलमा सारिए

देशान्तर

काठमाडौं । लामो समयदेखि रक्सौल बजारनजिकै लाइनमा बसेका ग्यास बुलेट भारतीय पक्षले धमाधम खुला स्थान र जंगलतिर सार्न थालेको छ । शुक्रबार ग्यासका तीनवटा बुलेट चुहिएपछि विस्फोट हुने त्रासले अन्यत्र सार्न थालिएकोबारे आजको नयाँ पत्रिका दैनिकले समाचार प्रकाशित गरेको छ ।

सीमा क्षेत्रमा रोकिएका ग्यास नेपाल नपठाएर स्थानीय प्रशासनले पछाडि सार्दै लगेको नेपाल आयल निगमका अमलेखगन्ज डिपो प्रमुख भानु खनालले बताए । उनका अनुसार लाइनमा भएका ग्यास बुलेट क्रमशस् खुला स्थानमा लगिएको छ ।

ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले भारतीय पक्षले रक्सौलबाट झन्डै ४० किलोमिटर टाढाको जंगल र खुला स्थानमा लगेर बुलेट राख्न थालिएको जानकारी आएको बताए । ‘रक्सौलमा रोकिएका बुलेटबाट ग्यास चुहिन थालेपछि नेपाल पठाउलान् भन्ने आस थियो, तर साँझसम्म पनि रक्सौल बजारदेखि धेरै टाढाका जंगल र खाली बस्तीमा बुलेट सार्न थालेको जानकारी पाएका छौँ,’ घिमिरेले भने, ‘बुलेटबाट हुन सक्ने सम्भावित मानवीय र भौतिक नोक्सानी कम गर्न खुला ठाउँतिर लगेको बुझिएको छ ।’

भारतीय नाकाबन्दीयता रक्सौलमा एक सय ९० वटा भरिएका ग्यास बुलेट रोकिएका छन् । तीमध्ये एक सय ५३ वटा बुलेट भन्सार जाँच पास सकेर लाइनमा बसेका हुन् । विस्फोटको खतरा भएपछि इन्डियन आयल कर्पोरेसनले भारत सरकारलाई बुलेट लाइनमा रोकेर राख्नु जोखिम भएको जानकारी गराएको छ । रोकिएका बुलेट पछाडि लगिएको विषयमा आफूले आइओसीका अधिकारीसँग जानकारी लिएको अमलेखगन्ज डिपो प्रमुख खनालले बताए । उनले भने, ‘उनीहरूले नेपालतिर बुलेट पठाउन चाहे पनि सरकारले अनुमति नदिएको नदिएको बताएका छन् । विस्फोटको खतरा रहेको जानकारी सरकारलाई दिएको पनि उनीहरूले बताएका छन् ।’

नेपाल प्रवेश दिन बुलेटचालकको माग

 

रक्सौलमा रोकिएका ग्यास बुलेटका चालकले स्थानीय प्रशासनसँग नेपाल प्रवेश गर्न दिन माग गर्दै आएका छन् । उनीहरूले खाने, बस्ने समस्या भएको र परिवारसँग लामो समय बिछोडिन परेको भन्दै नेपाल जान दिन माग गरेका हुन् । उनीहरू झन्डै दुई महिनादेखि बुलेट कुरेर रक्सौलमा बस्दै आएका छन् । रक्सौलबाट रि–रुट गरी लगिएका एक सय १९ ट्यांकर सुनौली नाकामा रोकिएका छन् ।

 

]]>