देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पूर्वराष्ट्रपतिको घरभाडामा सरकारको किचकिच

देशान्तर

काठमाडौं । पूर्वराष्ट्रध्यक्षको सेवा सुविधासम्बन्धी कानुन अभावमा डा. रामवरण यदवको घरभाडा तिर्न सरकारले आनाकानी गरेको छ।  मासिक १ लखा ३० हजार भाडा तय गरी उनी दुई महिनाअघि कात्तिक १२ गते शीतलनिवासबाट ललितपुरको बागडोल सेका थिए।

तर घरधनीले उक्त भाडामा करसमेत थपेर बुझाउनु पर्ने भनेपछि अन्योल उत्पन्न भएको छ। अर्कोतिर पूर्वराष्ट्रध्यक्षले पाउने सुविधाबारे कानुनु नहुँदा सरकारका सम्बन्धित पदाधिकारी चेकमा हस्ताक्षर गर्नसमेत अस्वीकार गरेको उच्चस्रोतले बताएको छ।

 यो द्विविधाका कारण भीभीआईपी किरायादारलाई निरन्तरता दिन घरधनी महेश विष्टले कठिनाइ महसुस गरेको पनि स्रोतले बनाएको छ। अन्नपूर्ण पोस्टमा समाचार छ।

]]>