देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

डाक्टर र नर्स निदाउँदा बिरामीको मृत्यु

देशान्तर

काठमाडौं । नारायणी उपक्षेत्रीय अस्पतालमा डाक्टरको लापरबाहीका कारण एक बिरामीको मृत्यु भएको छ। मधुमेह रोगको उपचारका लागि अस्पतालमा भर्ना भएका वीरगन्ज १९ नगवाका ६३ वर्षीय वीरवहादुर कुर्मीको उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले हेलचेक्र्याइँ गरेका कारण बिहीवार राति मृत्यु भएको हो। कुर्मी उपचारका लागि गत शनिवार अस्पतालमा भर्ना भएका थिए।

डाक्टर मनोज गुप्ताले कर्मीको शरीरमा रगत चढाउन भनेपछि कुर्मीका आफन्तले वीरगन्ज रक्तसञ्चार केन्द्रवाट बिहीवार अपरान्ह नै चार बजे नै एक पोका रगत अस्पतालमा ल्याएका थिए। सन्ध्याकालीन सिफ्टमा अस्पतालको सर्जिकल वार्डमा सीएमए रामेश्वप्रसाद कुर्मी र स्टाफ नर्स दिवा देवकोटा ड्युटीमा थिए।

ब्ल्ड बैँकबाट रगत ल्याइसकेको जानकारी सर्जिकल वार्डका स्वास्थ्यकर्मीलाई गराए पनि उनीहरुले चासो नदेखाएको कुर्मीका छोरा कन्हैया पटेलले बताए।  बिहीवार मध्यरातमा अचानक बिरामी छट्पटाएपछि क्याबिनमा रहेका नर्सहरुलाई जानकारी गराउँदा आफूलाई झपारेर पठाएको मृतक कुर्मीकी पत्नी चन्दादेवीले बताइन्। डाक्टर र नर्सकै लापरबाहीका कारण पतिको मृत्यु भएको उनले गुनासो गरिन्। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ। 

 

]]>