देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पैसा, शक्ति, पहुँच र बाहुबलीलाई ग्यास

देशान्तर

काठमाडौं । पैसा, शक्ति र पहुँच छ भने जति संख्यामा पनि ग्यासको सिलिन्डर धरमै आइपुग्छ। ग्यास उद्योगीले उद्योगबाट सीधै पहुँचवालालाई सिलिन्डर पु¥याइदिन्छन्।

सर्वसाधारणले महिनौँ दिनसम्म लाममा बसेर पनि नजिकको बिक्रेताबाट आधा सिलिन्डर ग्यास पाउन नसकेको अवस्थामा पहुँचवालाले अर्डर दिएको दुई दिनभित्रमै चाहेकै परिमाणमा सहजै ग्यास पाउँदै आएका छन्।

 ग्यास उद्योगले प्रमाणीकरणमा परेका बिक्रेतामार्फत सिलिन्डर बिक्री गर्नु पर्ने सरकारी नियम बेवास्ता गर्दै ग्यास प्लान्टबाट सोझै सिलिन्डर विक्री गरेको ढुवानी भाडा खर्चबापतको रकम हडप्नुका साथै विक्रेताको रोजगारसमेत खोसेका छन्।

ग्यास उद्योगले खाद्य, मदिरा, ग्रोसरी, मार्ट र इलेक्ट्रिक पसलबाट आफूखुसी सिलिन्डर बिक्री गर्दै आएका छन्।  अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।
 
 

]]>