देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सहमतिका लागि कांग्रेसको नयाँ प्रस्ताव

देशान्तर

काठमाडौं । कांग्रेसले मधेसी मोर्चासँगको अनौपचारिक सहमतिमा संविधान संशोधनमा सहमतिको नयाँ प्रस्ताव अघि सारेको छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाउँदै आएको ११ बुँदे मागका मुख्य चार विषयमा कांग्रेसले मोर्चाका नेताहरूसँगको सहमतिमा नयाँ प्रस्ताव गरेको हो। कांग्रेसको प्रस्तावमा समानुपातिक समावेशिता, निर्वाचन क्षेत्र निर्धारण, अंगीकृत नागरिकता प्राप्ति र प्रदेशको सीमांकनमा संशोधन गर्ने उल्लेख छ।

निर्वाचन क्षेत्र निर्धारणमा कांग्रेसले दुई विकल्पसहितको प्रस्ताव तयार गरेको छ।पहिलो विकल्पमा सातवटा प्रदेशभित्रका जिल्लामा एक निर्वाचन क्षेत्र नघट्ने गरी बाँकी जनसंख्याका आधारमा निर्धारण गर्ने उल्लेख गरेको छ।

 कांग्रेस केन्द्रीय सदस्य मिनेन्द्र रिजालले अघि सारेको प्रस्तावमा ‘निर्वाचन क्षेत्रलाई थप वैज्ञानिक बनाउने उल्लेख छ। ‘मैले यो प्रस्ताव गरेको हुँ’, रिजालले भने, ‘कुनै प्रदेशमा २१ लाख जनसंख्या छ कुनैमा ५१ लाख, त्यसैले वैज्ञानिक रूपमा क्षेत्र निर्धारण गर्न सात प्रदेशका अधारमा प्रतिनिधिसभाको संख्या विभाजन गरी प्रदेशभित्र एउटा जिल्लामा एक निर्वाचन क्षेत्र नघट्ने गरी जनसंख्याका आधारमा क्षेत्र निर्धारण गुर्नपर्छ।’

केन्द्रीय सदस्य विमलेन्द्र निधिले तयार पारेको दोस्रो विकल्पमा सम्पूर्ण देशलाई नै एक निर्वाचन क्षेत्र मान्ने र प्रत्येक जिल्लामा एउटा निर्वाचन क्षेत्र नघट्ने गरी बाँकी जनसंख्याका आधारमा निर्धारण गर्ने उल्लेख छ। अन्नपुर्ण पोष्टमा समाचार छ । 

]]>