देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एन्फाका चार गाडी गायब

देशान्तर

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले विभिन्न मितिमा खरिद गरेका चारवटा गाडी एन्फाको स्वामित्वमै नरहेको तथ्य फेला परेको छ। एन्फाको पैसामा किनिएका ती गाडी एन्फाको नाममा नामसारी नगरी अन्यत्रै प्रयोग र पुनः किनबेच हुँदै आएको छ।

संसदको सार्वजनिक लेखा समितिमा बुझाइएको लेखापरीक्षण प्रतिवेदनअनुसार एन्फाले २०६० यता ठूलो रकम खर्चेर चारवटा गाडी किनेको छ। एन्फाले खरिद गरेका मध्ये तीन गाडीको मात्रै एक करोड ३० लाख ४० हजार मूल्य पर्छ भने अर्को एक गाडीको मूल्य खुलेको छैन।

ती गाडी खरिदबिक्री गर्दा अनिवार्यरुपमा जारी गर्नु पर्ने सार्वजनिक सूचनासमेत गरिएको छैन। गाडी खरिदका विषयमा एन्फा कार्यसमितिको बैठकबाट निर्णय पनि गराइएको छैन। अन्नपूर्ण पोस्टमा समाचार छ।

]]>