देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मधेस आन्दोलनको कुनै अर्थ छैनः नेत्री कोइराला

देशान्तर

सल्यान। नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले तराईमा भइरहेको आन्दोलनको कुनै अर्थ नभएको बताएकी छन् ।

जनाधार गुमाएका व्यक्तिले गरेको आन्दोलनमा तराईकै जनताले साथ नदिएकाले आन्दोलन प्रभावहीन बन्दै गएको उनको दाबी थियो । 

प्रेस युनियन सल्यानले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधानले सबैका अधिकारलाई समेटेको र बाँकी विषय पनि संशोधन प्रस्तावले समेटेकाले यसमा खोट लगाउने ठाउँ नभएको प्रष्ट पारिन् । 

नेपाली जनताको हित र विकासमा कुनै अदृश्य शक्तिले षडयन्त्र गरिरहेको आरोप लगाउँदै नेत्री कोइरालाले सबै दल एक भएर मात्र संविधान ल्याउन सफल भएको दाबी गरिन् । 

आगामी महाधिवेशनमा तपार्इँको उम्मेदवारी के हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले आफूले सभापतिका लागि गृह जिल्ला पुगेर उम्मेदवारीको घोषणा गर्ने बताउँदै भनिन्,“अहिले कार्यकर्ता भेटघाटमा छु, कार्यकर्ताको सुझावकै आधारमा सभापतिका लागि उम्मेदवारी दिन्छु ।” 

पार्टीभित्र देखिएको विभिन्न गुट उपगुट आसन्न महाधिवेशनबाट समाप्त भएर जाने दाबी गर्दै उनले भनिन्, “सधैँ एउटैले नेतृत्व गर्ने भन्ने हुँदैन नेतृत्व हस्तान्तरण गरेपछि पार्टीभित्रको गुट समाप्त हुन्छ ।” 

]]>