देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कर्मचारीले लुकाए खेलकुदमन्त्रीको पत्र

देशान्तर

काठमाडौं । युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डल अमेरिकी दूतावासबाट पठाइएको एउटा पत्र मन्त्रालयकै कर्मचारीले लुकाइएको थाहा पाएपछि मन्त्रालयका कर्मचारीसँग असन्तुष्ट बनेका छन्।

केही साताअघि अमेरिकी राजदूत एलाइना बी तेप्जल भेट्न आउने भनी दूतावासबाट पठाइएको पत्रबारे मन्त्री मण्डललाई अन्तिम समयसम्म पनि जानकारी नगराइएपछि उनले कर्मचारीतन्त्रबाट आफूलाई असहयोग भएको निष्कर्ष निकालेका हुन्। स्रोतका अनुसार मंसिर तेस्रो साता राजदूत तेप्जिल खेलकुदमन्त्रीलाई भेट्न आउने भनी अमेरिकी दूताबासबाट मन्त्रालयमा पत्र पठाइएको थियो ।

दई दिनपहिले नै आएको उक्त पत्रका विषयमा मन्त्री मण्डलले भने राजदूत भेट्न आउनु आधा घण्टा अघि मात्र जानकारी पाएका थिए, त्यो पनि मन्त्रालयबाट नभई अन्यत्रैबाट। अन्नपूर्ण पोस्टमा समाचार छ।

]]>