देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विश्वका घुम्नै पर्ने सूचीमा नेपाल पहिलो

देशान्तर

काठमाडौं । विश्वचर्चित ट्राभल गाइड प्रकाशक कम्पनी ‘रफ गाइड्स’ ले सन् २०१६ मा घुम्नैपर्ने मुलुकको सूचीमा नेपाललाई पहिलो स्थानमा राखेको छ । ४ विधामा रफ गाइड्सले सन् २०१६ का लागि १०–१० स्थान चयन गरेको थियो । तीमध्ये पिपुल्स च्वाइस र टपटेन मुलुक दुवै विधामा नेपाल पहिलो भएको छ।

भूकम्प र आर्थिक मन्दीले ग्रसित नेपाली व्यवसायी यसबाट निकै खुसी देखिएका छन्। नेपालको पर्यटन यस्तै प्रचारले मात्र धानिएको बताउँदै पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले यो घोषणाले नेपालको पर्यटनमा नयाँ आयाम थपिने बताए ।

ट्रिप एड्भाइजरीले पनि नेपालको कुनै न कुनै स्थानलाई भ्रमणको सूचीमा राख्ने गरेको उल्लेख गर्दै उनले ट्राभल गाइडले प्रकाशन गर्ने यस्तो प्रचारले नेपाली पर्यटन क्षेत्रलाई सघाउने विश्वास लिए । पिपुल्स च्वाइस विधामा पनि नेपाल पहिलो स्थानमै छ।  कारोबार दैनिकमा समाचार छ।

]]>