देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कार्यदलका बारेमा मोर्चाले आज निर्णय लिने

देशान्तर

काठमाडौं । संयुक्त मधेसी मोर्चाको बैठकले तीन दलले बनाएको कार्यदलमा जानेरनजाने बारे आज निर्णय गर्ने भएको छ। सोमवार मोर्चाको कार्यालय विजुली बजारमा बसेको बैठकले बृहत छलफल पछि कार्यदलमा जाने नजानेबारे आज  निर्णय गर्ने बताएको हो।

सरकारी कार्यदलमा जानुको औचित्य नभएता पनि यसबारे आधिकारीक निर्णय मंगलबार लिइने मोर्चाका नेता राम नरेस रायले बताए। सोमवारको बैठकमा शीर्ष नेताहरु अनुपस्थित भएकोले मंगलबार ११ बजे पुन बैठक बस्ने रायले बताए। सोमवारको बैठकमा राजेन्द्र महतो नेतृत्वको सद्भावना भने अनुपस्थित थियो।

 तीन दलको कार्यदलमा कांग्रेसबाट महेस आचार्य, एमालेबाट भिम रावल र एमाओवादीबाट कृष्णबहादुर महरा छन्।

]]>