देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गोविन्द केसीलाई अनसन नबस्न प्रधानमन्त्रीको दबाब

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीमार्फत सञ्चालित मनमोहन मेडिकल कलेजलाई चिकित्सा विज्ञान पढाउन अनुमति दिन स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने प्रक्रियामा बाधक नबन्न वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलाई दबाब दिएका छन्। चिकित्सा शिक्षासम्बन्धी नीति, ऐन र आयोग गठनसम्बन्धी पूर्वसम्झौता पन्छाउँदै यससम्बन्धी विधेयक संसदमा लगिएको भन्दै सातदिने अल्टिमेटम दिएका डा.  केसीलाई सोमबार साँझ बालुवाटारस्थित निवासमै बोलाएर ओलीले यस्तो दबाब दिएका हुन्।

डा. केसीका माग र उनले थालेको चिकित्सा शिक्षा सुधार अभियानप्रति प्रधानमन्त्री हुनुअघिदेखि नै अति अनुदार रहेका ओलीले उनले उठाएका माग जायव भन्दै मनमोहन प्रतिष्ठानलाई अनुमति दिनेबाहेक अन्य माग पूरा गर्ने आश्वासन दिएका थिए। २ घन्टा ३५ मिनेट लामो छलफलमा डा. केसीलाई ओलीले आठौंपटक अनशन नबस्न आग्रह गरेका थिए। पटकपटक तनाबमा आउँदै, फेरि सामान्य हुँदै कुरा गरेका ओलीले मनमोहन प्रतिष्ठान ल्याइछाड्ने अडान लिए भने डा. केसीले नीति नबनी कुनै पनि नाममा कलेज ल्याए अनशन बस्ने चेतावनी दोहो¥याएका थिए ।

छलफलक्रममा डा. केसीले चिकित्सा शिक्षासम्बन्धी विभिन्न प्रतिवेदनको प्रसंग उठाउँदा ओलीले प्रतिवेदनका सबै कुरा कार्यान्वयन हुन नसक्ने स्मरण गराएका थिए। यसअघि डा. केसीसँगकै सम्झौताअनुसार गठन भएको चिकित्सा शिक्षासम्बन्धी त्रिवि पूर्व उपकुलपति केदारभक्त माथेमा कार्यदलले प्रतिवेदन बुझाउने समारोहमा प्रमुख दलका सबै शीर्ष नेता उपस्थिति हुँदा ओली भने गएका थिएनन्। नागरिक दैनिकमा समाचार छ । 

]]>