देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भारतले सीमामै रोक्यो चिनियाँ कन्टेनर

देशान्तर

काठमाडौं । रक्सौलबाहेकका नाकाबाट पेट्रोलियम लगायत अन्य वस्तुको आयात सहज हुँदै गए पनि तेस्रो देशबाट आयात भएका सामान बोकेका कन्टेनर भने भारतले विभिन्न बाहनामा सीमा क्षेत्रमै रोकेको छ । सीमा क्षेत्रमा रोकिएका धेरैजसो कन्टेनर चिनियाँ सामानले भरिएका छन् ।

व्यापारीहरुका अनुसार भारतमाथिको निर्भरता अझ बढाउन र नेपालमा चिनियाँ सामान निरुत्साहित गर्न भारतले कन्टेनर रोकेको हो । भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाले पनि तेस्रो मुलुकबाट आउने कन्टेनरमा केही कमी भएको बताए। उनका अनुसार पछिल्लो सातादेखि भारतीय पक्षले पेट्रोलियम पदार्थ पठाउन प्राथमिकता दिएका कारण पनि अन्य मुलुकबाट आउने कन्टेनर भित्रिन कमी आएको हुन सक्छ।

भूकम्पका कारण तातोपानी नाका बन्द तथा रसुवागढी नाका सहज हुन नसकेकाले अहिले चीनवाट आउने कन्टेनरसमेत कलकत्ता बन्दरगाह हुँदै नेपाल आउने गरेका छन्। मेची भन्सार कार्यालय काँकडभिट्टा हुँदै नेपाल प्रवेश गर्ने तेस्रो देशका कन्टेनरमध्ये करिब आधामा चिनियाँ सामान हुने गरेको भन्सार कार्यालयले जनाएको छ।  अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।

]]>