देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरियाका राजदूत लामाबाट राज्यको ढुकुटी दोहन

देशान्तर

काठमाडौं ।  दक्षिण कोरियाका लागि नेपाली राजदूत कमानसिङ लामाले आफ्नो निवासको भाडा वास्तविकभन्दा बढी देखाएर मासिक दुई लाखभन्दा बढी नेपाली रुपैयाँ अनियमितता गरेको दूतावास स्रोतले आरोप लगाएको छ। राजदूत निवासका लागि मासिक भाडादर ५० लाख वन दिनेगरी सन् २०१३ मा दूतावास र त्यहाँको एक निजी कम्पनी फुदोंगसानबीच सम्झौता भएको थियो।

राजदूत लामाले भने परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयलाई मासिक भाडादर ७५ लाख वन बुझाइरहेको सम्झौता देखाएर सरकारी ढुकुटीको अनियमितता गर्दै आएको स्रोतले बताएको छ। मासिक २५ लाख वन दुई लाख २५ हजार रुपैयाँभन्दा बढी सरकारी रकम उनले घुमाउरो बाटोबाट आफैंले लिने गरेको आरोप छ।

सोलस्थित दूतावासले परराष्ट्र मन्त्रालयमा पठाएको विवरणअनुसार राजदूत निवासको भाडादर ७५ लाख वन छ।  सन् २०१३ अप्रिलमा दूतावास सरेपछि सोही महिना व्यक्तिगत प्रयासमा लामाले आफ्नो निवास भाडामा खोजेका थिए । राजदूत लामाले फुदोंगसान घर वा फ्ल्याट भाडामा खोजिदिने कार्यालयका माध्यमबाट घरभाडा निश्चित गरेका थिए।  अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।

]]>