देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नाकाबन्दी पछि तस्करको कब्जामा १० अर्ब

देशान्तर

काठमाडौं ।  भारतले लगाएको नाकाबन्दीपछि बढेको इन्धन कालोबजारीले १० अर्बभन्दा बढी नेपाली रुपैयाँ नेपाल भारत सीमामा होल्ड भएर बसेको छ। भारतीय रुपैयाँ साट्न नपाई ठूलो परिमाणमा होल्ड भएको यस्तो रकमका कारण नेपाली बजारमा भारुको अभाव झनै बढ्नेछ ।

भारु साट्न नपाएपछि विकल्पमा सुनचाँदीबाट भुक्तानी हुँदा यसको अवैधानिक कारोबार बढेर जान्छ। नाकाबन्दीपछि नेपाली उपभोक्ताले तस्करीबाट पेट्रोलियम पदार्थ खरिद गर्दा खर्च गरेको रकम भारु साट्न नपाएका कारण सिमानामा होल्ड भएको हो । नेपाली रुपैयाँ होल्ड भएको अनौपचारिक जानकारी राष्ट्रबैंकमा पनि आइपुगेको छ।  

भारतले असोजदेखि लगाएको नाकाबन्दीपछि नेपालमा अधिकांश इन्धन आपूर्ति तस्करीबाट हुने गरेको छ। सामान्य अवस्थामा मासिक १० अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ भारतबाट आउने गरेकोमा मंसिरसम्म तीन महिनामा जम्मा १५ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ।  अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ। 
 

]]>