देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सी जिनपिङ नेपाल आउने

देशान्तर

काठमाडौं । नयाँ वर्षको आरम्भसँगै चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण विषयले पुनः चर्चा पाएको छ।

तिब्बत रेलमार्ग काठमाडौँसम्म विस्तार गर्ने, तेलको पाइपलाइन जोड्ने लगायत केही महत्वपूर्ण विषयमा भइरहेको गृहकार्य निष्कर्षमा पुग्यो भने नेपाल चीन सम्बन्धमा ब्रेक थ्रु हुने गरी राष्ट्रपति सी जिनपिङको भ्रमण आयोजना गर्न बेइजिङले तयारी थालेको छ।

बेइजिङमा गत साता विदेशमन्त्री तहमा भएको दुई पक्षीय वार्तामा उच्चस्तरीय भ्रमणको विषयले निकै महत्व पाएको थियो ।

चीनले प्रधानमन्त्री केपी ओलीलाई चाँडै चीन भ्रमण गर्न आमन्त्रण गरेको छ भने चीनवाट पनि उच्च भ्रमण हुने प्रतिवद्धता आएको छ । नगरिक दैनिकमा समाचार छ। 
 

]]>