देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अहिलेका नेता झुठ बोल्छन्ः सुजाता

देशान्तर

नेपालगन्ज । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीको १३ औं महाधिवेशनमा आफूले सभापति पदमा उम्मेदवारी दिने सोच बनाएको उद्घोष गरेकी छिन् ।

नेपाल प्रेस युनियन, बाँकेद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्— ‘पार्टीका कार्यकर्ता तथा शुभचिन्तकसँग थप सल्लाह गरेर केही दिनपछि अन्तिम निर्णय सार्वजनिक गर्नेछु ।’

आफ्नो दल अहिले अत्यन्त कमजोर भएको जिकिर गर्दै नेत्री कोइरालाले १३ औं महाधिवेशनवाट नयाँ सोच र विचारबाट पार्टीलाई सुदृढ बनाइने बताइन् ।

‘नेपाली काँग्रेसका पहिलेका नेता झुठ बोल्दैनथे, तर अहिलेका नेताको झुठो बोलीले नै पार्टीलाई कमजोर बनाएको हो’, उनको थप भनाइ थियो— ‘पार्टीलाई अब नेताले होइन, कार्यकर्ताले बचाउनुपर्छ ।’

यसैबीच, नेपाली काँग्रेसकी नेत्री एवम् विदेश विभाग प्रमुख सुजाता कोइरालाले पाँच विकास क्षेत्रलाई नै प्रान्त मान्न सकिने बताइन् ।
    
नेपाल प्रेस युनियन जिल्ला शाखा बर्दियाले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्ण सीमाङ्कन सहितको पाँच विकास क्षेत्रलाई नै प्रान्त बनाउन सकिने नेत्री कोइरालाले बताइन् ।
    
पाँच विकास क्षेत्रलाई प्रान्त बनाउँदा खर्च कम लाग्ने र हिमाल, पहाड, तराईको स्रोत सबैले उपभोग गर्न पाउने भएकाले पनि उपयुक्त रहेको उनको तर्क थियो ।
    
तराईको आन्दोलन अस्पष्ट भएकाले मोर्चाको हातभन्दा बाहिर गइसकेको बताउँदै जनतालाई उचाल्ने दुःख दिने काम भन्दा तराईको विकासमा लाग्नुपर्ने उनको जोड थियो । नेपाली काँग्रेस सरकार ढाल्ने पक्षमा नरहेको बताउँदै विपीको मेलमिलाप नीतिअनुरुप सम्पूर्ण दल एकजुट भएर अघि बढ्नुपर्ने नेत्री कोइरालाले सुझाव दिइन् ।

]]>