देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बरिष्ठ पत्रकार विरहीलाई ठाकुरनाथ पन्त स्मृति सम्मान

देशान्तर

काठमाडौंं। यस वर्षको डा ठाकुरनाथ पन्त स्मृति गुठी सम्मान बरिष्ठ पत्रकार हरिहर विरहीलाई प्रदान गरिएको छ । पूर्व अर्थ सचिव एवं प्रशासक स्व. ठाकुरनाथ पन्तको स्मृतिमा स्थापना गरिएको गुठीले पन्तको १४ स्मृति दिवसको अवसर पारेर आज बरिष्ठ पत्रकार विरहीलाई सम्मान गरेको हो ।

प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष समारोहका बीच नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री महेश आचार्यले पत्रकार विरहीलाई सम्मान गरे । कार्यक्रममा नेता आचार्यले पन्त एक कुशल प्रशासक भएको चर्चा गर्दै २०४८ सालको आम निर्वाचन पछि बनेको सरकारमा आफू अर्थमन्त्री छदा मन्त्रालयमा अर्थसचिवको रुपमा पन्तलाई आफ्नो मार्गदर्शकको रुपमा पाएको स्मरण गरे । नेता आचार्यले २०४८ साल पछिको प्रजातान्त्रिक व्यवस्थामा राज्यका आर्थिक संरचनाहरुलाई परिवर्तन गर्न पन्तको महत्वपूर्ण योगदान रहेको बताए ।

सम्मानित व्यक्तित्व विरहीले पनि डा. पन्तलाई आफूले एक कुशल र इमानदार प्रशासकको रुपमा चिनेको बताए । 'पन्त लोकतान्त्रिक विचारधाराका अनुयायी भएपनि उहाँले सधै दलगत स्वार्थभन्दा राष्टहितलाई महत्व दिनुभयो', विरहीले भने, 'उहाको नामबाट स्थापित संस्थाबाट सम्मानित हुनेबारे मैले कहिल्यै पनि सोचेको थिइन ।'

यसैबीच गुठीले यस वर्षको डा. ठाकुरनाथ स्मृति गुठी पुरस्कार अपाङ्ग पुनःस्थापना केन्द्र, गोकर्णलाई प्रदान गरेको छ । कार्यक्रममा लामो समयदेखि अपाङ्ग बालबालिकालाई शिक्षा दिलाउन सहयोग गर्दै आएकोे केन्द्रलाई रु ५० हजार राशिको पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा गुठीमा संरक्षकको भूमिका निभाउनुभएकी डा पन्तका श्रीमती भुवनेश्वरी पन्तले आफ्नो व्यक्तिगत तर्फबाट पन्त समाज नेपाललाई रु ५० हजार प्रदान गरिन् ।

कार्यक्रममा धर्तीचन्द्र यात्रीले लेखेको ‘प्रेमको आत्मकथा’ उपन्यासको पनि लोकार्पण गरिएको थियो ।

]]>