देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निगमले जहाज किन्न माग्यो ३७ अर्ब

देशान्तर

काठमाडौं । नेपाल वायु सेवा निगमले अन्तराष्ट्रिय उडानका निम्ति चारवटा जहाज खरिद गर्न ३७ अर्ब रुपैयाँ माग गरेको छ। निगमले दुईवटा वाइडबडी खरिद गर्न २५ अर्ब रुपैयाँ र दुईवटा न्यरोबडीका लागि १२ अर्ब रुपैयाँ माग गरेको निगम सञ्चालक समितिका अध्यक्ष एवं पर्यटन सचिव दिनेशकुमार थपलियाले जानकारी दिए।

 उनका अनुसार निगमले तयार पारेको तीन वर्षे सुधार कार्ययोजनाअनुसार जहाज खरिद पहिलो प्राथमिकतामा छ।  निगमले तीन वर्षभित्रमा नै दुईवटा वाइडबडी खरिद गर्ने निर्णय एक साताअघिको निगम सञ्चालक समितिको बैठकबाट गरिसकेको छ।

यो निर्णयले निगमले तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक हुँदै अर्थमा पेस गरेको छ। अर्थको सहमति पाएपछि यो प्रस्ताव मन्त्रिपरिषदमा पेस हुनेछ।  अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।

]]>