देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अब भन्सारको काम अनलाइनमार्फत

देशान्तर

काठमाडौं । भन्सारसँग सम्बन्धित कामलाई चुस्त र दुरुस्त बनाउन सरकारले अनलाइनमार्फत भन्सारको काम गर्ने भएको छ। यही माघदेखि अनलाइनमार्फत काम सुरु गर्ने तनयारी भन्सार विभागले गरिरहेको छ। माघ २६ गतेदेखि मेची भन्सारमा अनलाइनमार्फत काम गर्ने तयारी भइरहेको भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगानाले बताए।

६४ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अबसरमा नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा ढुंगानाले भन्सार प्रक्रियालाई सरल बनाउने क्रममा अनलाइन भन्सार सुरु गर्न लागेको बताए।  

चालु आर्थिक वर्षभित्रमा १० वटा भन्सार नाकालाई अनलाइनमार्फत सञ्चालन गर्ने तयारी रहेको उनले कार्यक्रममा बताए। अनलाइनमार्फत काम गर्ने तयारी गरिएका १० भन्सार नाकाबाट सम्पूर्ण कारोबारको ९७ प्रतिशत कारोबार हुने पनि उनले बताए। नागरिक दैनिकमा समाचार छ।
 

]]>