देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बाबुरामको नेतृत्वमा ३५ सदस्यीय नयाँ शक्तिको घोषणा

देशान्तर

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा ३५ सदस्यीय नयाँ शक्तिको घोषणा गरिएको छ।   भट्टराईले आइतवार पत्रकार सम्मेलन गरी ३५ सदस्यी केन्द्रीय परिषदको घोषणा गरेका हुन्। नयाँ शक्ति निर्माण अभियानको राष्ट्रिय परिषद घोषणा कार्यक्रममा केन्द्रीय परिषद २ सय ६५ सदस्यीय हुने भनिएपनि ३५ सदस्यको नाममात्रै सार्वजनिक गरिएको छ।  

बाबुरामको नयाँ शक्तिमा नायिका करिश्मा मानन्धर, पूर्वअर्थसचिव रामेश्वर खनाल, नायक सरोज खनाल, राजनीतिक विश्लेषक मुमाराम खनाल लगायत परेका छन्।  घोषणा कार्यक्रममा उद्योगपति विनोद चौधरीले शुभकामना मन्तव्य दिएका थिए।  संयोजक,डा  बाबुराम भट्टराई  छन भने परिषद् सदस्यहरु अशोक शर्मा    झापा,  ऋषवदेव भट्टराई    चितवन,  कमला हेम्चुरी    पाल्पा,   करिश्मा मानन्धर    काठमाडौं, केशव दाहाल    सुनसरी,  डा. केशवमान शाक्य    काठमाडौं,  गणेशराज राई    भोजपुर, डा. चैतन्य सुब्बा    ताप्लेजुङ,   डा. जीतेन्द्र महासेठ    सिराहा,  टिका गौचन    म्याग्दी,  

त्यसैगरि  डम्बर खतिवडा    सुनसरी, तिलक थापा मगर    मोरङ,  दलमर्दन कामी    सुनसरी,  दुर्गा सोव    डोटी,  देवेन्द्र पौडेल    बाग्लुङ,    नत्थुप्रसाद चौधरी    सप्तरी,  नारायण पाण्डे    गोरखा,  पासाङ्ग शेर्पा    ताप्लेजुङ,  डा. प्रवीण मिश्र    महोत्तरी, मदन राई    खोटाङ, मनप्रसाद सुनुवार    रामेछाप, मुमाराम खनाल    कपिलबस्तु,  डा. मुक्ति रिजाल    अर्घाखाँची,  मोहनी महर्जन    काठमाडौं,     डा. राजेन्द्र के. सी.    धादिङ,  डा. रामकेवल साह    धनुषा, रामचन्द्र झा    धनुषा,   रामेश्वर खनाल    पाल्पा,  लिली थापा    काठमाडौं, वज्रकिशोर यादव    धनुषा,  विसन राई    खोटाङ,  सरोज खनाल    चितवन, डा. सुरेन्द्र चौधरी    दाङ,  हरेराम कोईराला    गोरखा रहेका छन् । 

]]>