देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

केरा खेतीबाट लाखौ रुपैयाँ आम्दानी

देशान्तर

काठमाडौं । बाँकेको महादेवपुरी ओभरीका लक्ष्मीप्रकाश केसीले व्यवसायिक केरा खेतीबाट लाखौँ कमाउँदै आएका छन्। लक्ष्मीप्रकाशले दुई वर्षअघि मात्र जिल्लामा कृषि कार्यालय बाँकेबाट मल, बीउ ल्याएर केरा खेती सुरु गरेका थिए।

सामान्य आर्थिक अबस्था भएका लक्ष्मीप्रकाशले एक बिघा क्षेत्रफलमा केराका १६ सय ५० बिरुवा लगाएका छन्। उनले जमिन भाडामा लिएर केरा खेती गरिरहेका छन्। लक्ष्मीप्रकाश व्यवसायिक केरा खेती गरेको धेरै नभए पनि साढे ४ लाख रुपैयाँ पहिलो पटक नै आम्दानी गर्न सफल भएको बताउँछन्।

बर्षमा दुई पटक केरा उत्पादन हुन्छ। दुई पटकको आम्दानीले वार्षिक ९ लाखसम आम्दानी गरेको उनले बताए। अन्नपूर्ण पोस्टमा समाचार छ।

]]>