देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पत्नीले हिंसा गरेको भन्दै पतिहरु प्रहरीमा

देशान्तर

काठमाडौं । पत्नीले हिंसा गरेको भन्दै पुरुषहरुले प्रहरीसामू पत्नीविरुद्ध उजुरी दिएका छन्। काठमाडौंमा ६ महिनामा २६ वटा उजुरी पत्नीविरुद्ध प्रहरीमा पीडित पुरुषले दर्ता गराएका छन्। बैदेशिक रोजगारबाट दीपक मिजार ४ महिना अघि घर फर्किए। खाडीमा पसिना बगाएर कमाएको पैसा उनले नियमित श्रीमतीलाई पठाउँदै आएका थिए। तर तीन वर्षपछि फर्किदा श्रीमतीसँगै बस्न मानिनन्।

अर्को व्यक्तिसँग प्रेमसम्बनध रहेकी श्रीमतीले सम्पत्तिसमेत लगजेको भन्दै दीपक उजुरी लिएर प्रहरीकोमा पुगेका छन्।  यस्तै ललिपुरका दिनेश शाही पनि श्रीमतीबाट अन्याय भएको भन्दै प्रहरीमा उजुरी लिएर जान बाध्य भए।

तीन लाख ५० हजार नगद र साढे दुई तोला सुन समेत लिएर श्रीमती हिडेपछि उनी उजुरी लिएर प्रहरीकोमा गएका हुन्। प्रहरीका अनुसार यस्ता उजुरी सातामा एउटा पर्ने गरेको छ। पुरुष विरुद्धको हिंसाका उजुरी गर्ने प्रवृत्ति बढेसँगै काठमाडौमा महलिाविरुद्ध पुरुषका उजुरी पनि बढेका छन्।  नयाँ पत्रिका दैनिकमा समाचार छ।
 

]]>