देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

१२ औं दक्षिण एसियाली खेलकुदको खर्च, झन्डै १२ करोड, पकेट खर्चमात्रै १ करोड

देशान्तर

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदले सागका लागि ११ करोड ७८ लाख रुपैयाँ बजेट सरकारसँग माग गरेको छ । चार दिनअघि पहिलो किस्तामा ६ करोड स्वीकृत भइसकेको छ। सरकारबाट दोस्रो किस्ता तत्कालै उपलब्ध नभए आफ्नो कोषबाट खर्च गर्ने तयारी परिषदको छ।

‘सरकारबाट बजेट निकासा भए हामीकहाँ आइपुगेको छैन,’ परिषदका सदस्यसचिव केशवबहादुर विष्टले भने,‘हामीले अन्य शीर्षकको बजेटबाट मिलाएर खर्च गर्ने गरी पनि सागलाई पहिलो प्राथमिकतामा राखेका छौं।’  यसैगरी परिषदले सागमा सहभागी हुने पाँच सय ३७ जनालाई प्रतिदिन दुई हजार एक सय ६० रुपैयाँ अर्थात २० डलरका दरले पकेट खर्च बाँड्दैछ।

प्रतियोगिता १२ दिनसम्म चल्छ। सुरु हुनु दुर्इ दिन अघिदेखि प्रतियोगिता सकिएको एकदिनपछिसम्म गरी अफिसियलहरुले १५ दिनको पकेट खर्च पाउँछन्। अफिसियललार्इ २१ लाख ३८ हजार र खेलाडी, प्रशिक्षक तथा व्यवस्थापनका लागि ८१ लाख ३८ हजार गरी करोडभन्दा बढी पके६ खर्च छुट्याइएको छ।   ५३७ जना नेपाली टोलीमा १०३ अफिसियल रहेका छन्। नयाँ पत्रिका दैनिकमा समाचार छ।
 

]]>