देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दोहोरो पेन्सन असुल्दै उच्चपदस्थहरु

देशान्तर

काठमाडौं । सार्वजनिक जीवनको मान्यताविपरित सरकारी उच्च पदवाट निवृत्त भई संवैधानिक पदमा बहाल व्यक्तिहरु धिकांशले दोहोरो पेन्सन र सुविधा उपभोग गर्दै आएका छन्।

राज्यकोषमा वार्षिक रुपमा चर्को भार पार्ने गरी यस्तो सुविधा लिनेमा संवैधानिक पदमा निर्धारित अवधि पूरा गरेका प्रतिष्ठितहरु पनि छन्।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, निर्वाचन आयोग लगायत अन्य संवैधानिक आयोगहरु र कानुनद्वारा गठन भएका अन्य आयोगका केही अध्यक्ष तथा सदस्यहरु पनि राज्यकोष दोहन गर्दै सेवासुविधा भोग गर्नेमा परेका छन्।  

दोहोरो सेवा सुविधा लिएका एमाओवादीका तर्फवाट लोकसेवा आयोगको अध्यक्षका रुपमा पदावधि पूरा गरेकी कयोदेवी यमी, कांग्रेसका तर्फवाट सिफारिस आयाग सदस्य टीकादत्त निरौला र राजेन्द्रप्रसाद शाहले ६ वर्षे संवैधानिक पदावधि पूरा गरेपछि थप पेन्सन माग गर्दै निवेदन दिएपछि यो प्रकरण सार्वजनिक भएको हो। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ। 

]]>