देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काजका कर्मचारी तीन दिनभित्रै फिर्ता गर्न सामान्य प्रशासनको परिपत्र

देशान्तर

काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले काजमा कर्मचारी खटाउने सबै मन्त्रालयलाई कडा परिपत्र गरेको छ। काजमा खटाइएका कर्मचारीलाई तीन दिनभित्र फिर्ता नगरेमा त्यसपछिको तलबभत्ता सम्बन्धित मन्त्रालयले बेहोर्नु पर्ने परिपत्र मनलयले बिहीवार जारी गरेको हो।

गृह, संघीय मामिला तथा स्थानीय बिकास, स्वास्थ्य र अर्थ मन्त्रालयमा धेरै कर्मचारी काजमा रहेको समान्य प्रशासनले जनाएको छ। पटक पटक ताकेता गर्दा पनि काजमा खटाइएका कर्मचारीलाई फिर्ता नगरेका कारण चेतावनीयुक्त परिपत्र जारी गर्नु परेको सामान्य प्रशासनका एक अधिकारीले बताए।

काजमा खटाउँदा ऐनको दखफा १८ का विपरीत भएमा काज खटाउने पदाधिकारीबाट ऐनको दफा १८ क ३ बमोजिम काज खटी जाने कर्मचारीले खाइपाई आएको तलबभत्ता सरकारी बाँकीसरह असुलउपर गर्ने प्रक्रिया अघि बढाउने परिपत्रमा उल्लेख छ।   अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।
 

]]>