देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थाइल्याण्डमा पूर्व राजा ज्ञानेन्द्र, भारत र चीनका राजनीतिज्ञसँग भेट गर्ने

देशान्तर

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो भावी योजना बनाउन थाइल्याण्ड पुगेका छन्। उतैबाट भारत र चीनका राजनीतिज्ञसँग भेट गर्ने चाँजोपाँजो मिलाउँदै पूर्वराजा ज्ञानेन्द्र आफ्ना निजी सचिव सागर तिमिल्सिनाका साथ थाइल्याण्ड पुगेका हुन्।

शाह बुधवार थाई एअरलाइन्सको नियमित उडानबाट दिउँसो साढे १ बजे थाइल्याण्ड उडेका हुन्। करिव एक महिना लामो बसाईका लागि थाइल्याण्ड गएका पूर्वराजा शाहले उतैबाट भारत जाने सम्भावना रहेको स्रोतले जनाएको छ।  करिब डेढ महिनादेखि पूर्वरानी कोमल थाइल्याण्डमा बस्दै आएकी छन् ।

भावी योजना बनाउन पूर्वराजाले यसअघि नै आफ्नो बालसखा प्रभुशमशेरलाई थाइल्याण्ड पठाइसकेका छन्।  नेपाल समाचार पत्र दैनिकमा समाचार छ।

]]>