देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आमसञ्चार प्रतिष्ठानबाट कृष्णप्रसाद भट्टराईको नाम हटाएकोमा प्रेस युनियनको विरोध

देशान्तर

काठमाडौं ।  सरकारले तालिम र प्रशिक्षणमार्फत् पत्रकारितको प्रवद्र्धन गर्न गठनको क्रममा रहेको  राष्ट्रिय आम सञ्चार प्रतिष्ठानबाट पत्रकार महासंघका पहिलो सभापति एवं सन्त नेता पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नाम हटाएकोप्रति नेपाल प्रेस युनियनले विरोध गरेको छ । 

सञ्चार मन्त्रालयस्तरीय निर्णयबाट मन्त्रिपरिषदमा लान तयारी गरेको प्रतिष्ठान गठन आदेशमा ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय आम सञ्चार प्रतिष्ठान’ को नाम परिवर्तन गरी ‘राष्ट्रिय आम सञ्चार प्रतिष्ठान’ राखिएको प्रति विरोध जनाउँदै युनियनका देशभरका जिल्लाशाखाहरुले विरोध कार्यक्रमको आयोजना गरेको प्रेस युनियनका सचिव खिला कार्कीले बताए । 

काठमाडौं शाखाले सरकारको निर्णयको विरुद्धमा आज हस्ताक्षर संकलन कार्यक्रम आयोजना गरेको छ । काठमाडौंमा आयोजित उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व सभापति हरिहर विरही तथा वरिष्ठ पत्रकार कविर राणा, महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा लगाएतले सरकारको सो कदमले नेपाल पत्रकार महासंघको इतिहास मेटाउन खोजेको भन्दै तत्काल सच्याउन आग्रह गरेका थिए । त्यस्तै काठमाडौं शाखाका अध्यक्ष नकुल अर्यालले आफूहरुको विरोधलाई बेवास्ता गरेर सरकार अगाडि बढे कडा आन्दोलनमा उत्रने चेताउनी दिँदै तत्काल निर्ण सच्याउन माग गरे । 

]]>