देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सवारीसाधनको भाडादर घटाउन नेविसंघको सरकारसँग माग

देशान्तर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले सवारी सधानको भाडादर तत्काल घटाउन माग गरेको छ। नेविसंघ प्रवक्ता युपी लामिछानेले बुधवार विज्ञप्ति जारी पेट्रोलियम पदार्थको मूल्य घटेपनि सवारी साधनको भाडादर नघटेको भन्दै तत्काल भाडा घटाउन र विद्यार्थीहरुलाई ४५ प्रतिशत सहुलियत दिन सरकारसँग माग गरेका छन्।  

नेविसंघले सरकारको निर्णय नकुरेर इमान्दारीका साथ भाडा घटाउन यातायात व्यवसायीलाई आग्रह गरेको छ। नेविसंघले तत्काल भाडादर नघटाए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत सरकारलाई दिएको छ।  यस्तै स्टकमा राखेको पेट्रोलियम पदार्थको सहजरुपमा वितरण नगरी कालोबजारीलाई नेपाल आयल निगमले प्रश्रय दिएको भन्दै विरोध जानएको छ। एसले आयल निगमका डिपोहरुमा थुपारेर राखिएको तेल तत्काल बजारमा वितरण गरेर जनजीवन सहज बनाउन समेत आग्रह गरेको छ।  

थानकोट डिपोमा तेल भरिदा समेत बजारमा सहज वितरण नहुनुले सरकारले सिंहदरबारबाटै कालोबजारियाहरुलाई संरक्षण गरेको पुष्टि समेत भएको आरोप नेविसंघले लगाएको छ। निगमले सोमबारबाट लागू हुने गरी पेट्रोलमा पाँच तथा डिजेल र मट्टितेल प्रतिलिटर ६ रुपैयाँका दरले मूल्य घटाएको थियो। नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ९९, डिजेल र मट्टितेल प्रतिलिटर ७५ रुपैयाँ पर्नेछ। यसअघि पेट्रोल प्रतिलिटर १०४ र डिजेल र मट्टितेल  ८१ मा बिक्री हुँदै आएको थियो। 

]]>