देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आमसञ्चार प्रतिष्ठानबाट कृष्णप्रसाद भट्टराईको नाम हटाइयो

देशान्तर

काठमाडौं ।  सरकारले तालिम र प्रशिक्षणमार्फत् पत्रकारितको प्रवद्र्धन गर्न खुलेको राष्ट्रिय आम सञ्चार प्रतिष्ठानबाट पत्रकार महासंघका पहिलो सभापति एवं सन्त नेता पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नाम हटाएको छ । सञ्चार मन्त्रालयस्तरीय निर्णयबाट मन्त्रिपरिषदमा लान तयारी गरेको प्रतिष्ठान गठन आदेशमा ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय आम सञ्चार प्रतिष्ठान’ को नाम परिवर्तन गरी ‘राष्ट्रिय आम सञ्चार प्रतिष्ठान’ राखिएको छ ।

पूर्ववर्ती प्रधानमन्त्री सुशील कोइरालाको पालामा तत्कालीन सञ्चार मन्त्री मिनेन्द्र रिजालको प्रस्तावमा मन्त्रिपरिषदले पत्रकार महासंघका पहिलो सभापति एवं सन्त नेता भट्टराईको सम्मानमा ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय आम सञ्चार प्रतिष्ठान’ स्थापना गठन गर्ने निर्णय गरेको थियो । पत्रकार महासंघले समेत भट्टराईलाई आफ्नो पहिलो सभापतिको रूपमा सम्मान दिनुका साथै केन्द्रीय कार्यालयमा उनको तस्वीरसमेत राखेको छ । एमाले नेतृत्वको सरकारले कांग्रेस नेता स्व. कृष्णप्रसाद भट्टराईप्रति पूर्वाग्रह राखी उनको नाममा खुलेको प्रतिष्ठानको नाम परिवर्तन गरेको जानकारी सरकारका उच्च अधिकारीले दिए ।

अघिल्लो सरकारको पालामा भट्टराईको नाममा प्रतिष्ठान खोल्ने निर्णय हुँदा एमाले निकट प्रेस चौतारीले विरोध गरेको थियो । सञ्चार मन्त्रालयले राष्ट्रिय आमसञ्चार गठन आदेश जारी गर्न प्रस्ताव गरी कानुन मन्त्रालय र अर्थमन्त्रालयको लिखित सहमति मागेको छ । कानुन र अर्थले सहमति दिएपछि मन्त्रिपरिषदले अनुमोदन गरी आम सञ्चार गठन आदेश जारी गर्नेछ । त्यसपछि प्रतिष्ठानमा पदाधिकारी नियुक्ति हुनुका साथै पत्रकारिताको प्रवद्र्धन गर्न तालिम, प्रशिक्षण कार्यक्रमलगायतका काम सुरु गर्नेछ ।

आमसञ्चार प्रतिष्ठानबाट पूर्व प्रधानमन्त्री भट्टराईको नाम हटाइएकोप्रति नेपाल प्रेस युनियनले आपत्ति जनाएको छ । युनियनका महासचिव अजय शिवाकोटीले सन्त नेता भट्टराईको नामबाट सरकार तर्सिएको भन्दै मन्त्रालय आफ्नो निर्णयबाट पछि नहटे त्यस विरुद्ध संघर्ष थालिने बताए । कान्तिपुर दैनिकमा समाचार छ । 

 

]]>