देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आन्दोलनका कारण अर्बौंका योजना अलपत्र

देशान्तर

काठमाडौं । मधेस आन्दोलन र नाकाबन्दीका कारण वीरगन्वज नगरमा अर्बौको लगानीमा सञ्चालित विकासे योजना अलपत्र परेका छन्।

बिरगन्जमा सञ्चालित दुई सय ८० करोड लगानीको मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार आयोजना आन्दोलनका कारण पाँच महिनादेखि अलपत्र परेको हो। मधेसी दलले साउन ३० गतेदेखि आन्दोलन सुरु गरेपछि आयोजनाको काम भदौको पहिलो सातादेखि नै ठप्प भएको हो।  

आयोजना निर्माणको ठेक्का लिएको कम्पनी कालिका कन्सट्रक्सनका बरिष्ठ परियोजना प्रबन्धक ठाकुर ढकालले आन्दोलन सुरु भएलगत्तै भदौ दुई गतेदेखि आयोजनाको काम रोकिएको बताए। बन्द हडतालका कारण काम रोकिएको उनले बताए। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।
 

]]>