देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बिधान संसोधनबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक

देशान्तर

काठमाडौं । पार्टीको १३ औं महाधिवेशनका जुटेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ। सभापति सुशील कोइरालाको महाराजगञ्जस्थित निवासमा बस्ने बैठकमा आसन्न १३ औँ महाधिवेशनका विषयमा छलफल हुनेछ। यस्तै बैठकमा पार्टीको विधान संशोधनका विषयमा पनि छलफल हुने कांग्रेसले जनाएको छ। शीर्ष नेताहरुले विधान समितिले तयार गरिरहेको बिधानबारे पनि आफ्नो धारणा राख्नेछन्।

पार्टीको विधान संशोधनबारे विधान तयारी समितिमा संस्थापन र बरिष्ठ नेता देउवा पक्षवीच विवाद भएपछि यसबारे शीर्ष नेताहरुले पदाधिकारी बैठकमा धारणा राख्न लागेका हुन्। पदाधिकारी बैठकमा विधान तयारी समितिका सदस्यहरुलाई पनि बोलाइएको छ।  

पार्टीको १३ औँ महाधिवेशन नजिकएसँगै कांग्रेसलाई महाधिवेशनको चटारो परेको छ। बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, मधेसी मोर्चासँग भइरहेको वार्ताको प्रगति लगायत विषयमा पनि छलफल हुनेछ। 
 

]]>