देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

४ महिनामा झन्डै ११ सयलाई अंगीकृत नागरिकता

देशान्तर

काठमाडौं । असोज ३ मा नयाँ संविधान जारी भएपछि एक हजार ७५ जना विदेशी महिलाले नेपालको अंगीकृत नागरिकता पाएका छन्। विभिन्न समयमा नेपाली युवासँग विवाह गरेका भारतीय महिलाले नयाँ संविधान जारी भएपछि उक्त संख्यामा अंगीकृत नागरिकता पाएका हुन्। </span>

नयाँ संविधानले अंगीकृतनागरिकता विवरणमा अंकुश लगाएको केही मधेसी नेताहरुले आरोप लगाइरहेका बेला गृह मन्त्रालयको तथ्यांकले अंगीकृत नागरिकता वितरण भइरहेको पुष्टि गरेको छ। नेपालको संंविधान २०७२ मा नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा संघीय कानुनबमोजिम नेपालको अंगीकृत नागरिकता लिन सक्ने प्रावधान छ।

तर संघीय कानुन नबनिसकेको अवस्थामा नागरिकता ऐन २०६३ अनुसार विदेशी महिलाले अंगीकृत नागरिकता पाएका हुन्।  अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।
 

]]>