देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आन्दोलन र नाकाबन्दीले १० वर्ष पछि पर्‍यो वीगञ्ज

देशान्तर

काठमाडौं । मधेस आन्दोलनले वीगन्जको विकास निर्माण लगायत औद्योगिक उन्नति दश वर्ष भन्दा बढी पछाडि धकेलिएको स्थानीय जानकारले बताएका हुन्। औद्योगिक र व्यापारिक नगरीको रुपमा पहिचान बनाएको वीरगन्जलाई केन्द्रविन्दु बनाई मधेसवादी दलले विगत ५ महिनादलेखि जारी राखेको बन्द, हड्ताल र आन्दोलनले वीरगन्ज पछाडि धकेलिएको उनीहरुको भनाई छ।

 यो आन्दोलनले मुलुकको प्रमुख प्रवेशद्वार वीरगन्जमा भारतको अघोषितथ नाकाबन्दीले वीरगन्जको उद्योग व्यवसायलाई धराशयी बनाएकोले पनि पुरानै अवस्थामा फर्किन दशौँ वर्ष लाग्ने निचोडमा वीरगन्वजका उद्योगी व्यवसायी पुगेका छन्।

दश वर्षको आन्तरिक द्वन्द्व र झन्डै दशवषउृको संक्रमणकालसँगै बैशाख १२ गतेको महाभूकम्प र पाँच महिना लामो मधेसकेन्द्रीत बन्द हड्तालका कारण मुलुक आर्थिक रुपमा तहसनहस भएकाले वीरगन्वजमा औद्योगिक र व्यवसायिक वातावरण बिथोलिएको गम्भीर चिन्ता प्रकट गरिएको छ। गोरखापत्र दैनिकमा समाचार छ।
 

]]>